कर्णाली प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
पशुपन्छी विकास निर्देशनालय
पशु अस्पताल तथा पशु सेवा कार्यालय
जाजरकोट
परिचय
कृर्षि तथा पशु पन्छी मत्स्य विकास तथा पशु पालनमा आत्मनिर्भर गराइ सेवा प्रभावमा सहजता ल्याउने उदेश्यले तत्कालीन सरकारको उदेश्य अनुरुप विक्रम सम्वत २०३९ सालमा स्थापना भइ स्वीकृत निति नियम निर्देशन अनुसार अनवरतरुपमा जनताको सेवा प्रभावमा पशु विकास पशु स्वास्थ्य र पशुपन्छी पालन कृषकहरुको टेवा पुरयाउदै आएको छ ।
यस कार्यालयको स्थापना काल देखि पशु चिकित्सालय पशु अस्पताल जिल्ला पशु सेवा कार्यालय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सघिय सरकार सचालन समयावधि सम्म पशु सेवा कार्यालय को रुपमा परिचित कार्यालय हाल प्रदेश स्तरिय पशु अस्पताल तथा पशु सेवा कार्यालयको रुपमा सेवा पुरयाउदै आएको छ ।
यस कार्यालयको मत्स्य तथा पशु पन्छी उपचार तथा समग्र पशु सेवामा जनचेतना वृद्धि पशु पालन क्षेत्रमा राय सल्लाह स्थानिय तहमा जनताको घर दैलो सेवामा रही प्रदेश सरकारको स्वीकृत कार्यक्रम कार्यन्वयन गर्न सहयोग गर्ने यस कार्यालयको उदेश्य रहेको छ ।
पशुपालन व्यवसायलाइ विविधिकारण , व्यवसायिकरण, आयमूलक तथा सम्मानित पेशाको रुपमा स्थापित गराउने र प्रादेशिक एवं राष्ट्रिय उत्पादनमा योगदान पुर्याउने यसको मुख्य उद्देश्य छ भने अन्य उद्देश्यहरु निम्नानुसार रहेका छन् |